सुर्खेत — दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका ७ को रामाघाटमा मंगलबार गाडी दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहका अनुसार उक्त गाडी सडकबाट करिब ८० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका सबैको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ ।
अहिले स्थानीय स्वास्थ्य संस्थामा उनीहरूको उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको शाहले जानकारी दिए ।