समाजमलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिलेपनि बन्दैन - बालेन...

मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिलेपनि बन्दैन – बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सामाजिक सञ्जालमा दिने अभिव्यक्तिका कारण बेलाबेलामा चर्चा र विवादमा आउने गर्दछन् । उनले सामाजिक सञ्जालमा दिने अभिव्यक्ति राजनीतिक दलप्रति लक्षित हुने गरेको छ ।

यस्तैमा उनले विकास विरोधीहरुले आफ्नो खुट्टा तान्ने खोजेको समेत गुनासो गर्दै आएका छन् ।

यस्तैमा मेयर शाहले आज फेरि सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन् ।

उनले लेखका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन।’ उनले किन यसरी सामाजिक सञ्जालमा राजीनामाको कुरा उल्लेख गरे भन्नेचाहिँ केही खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img