देशबागमती प्रदेशहेटौडामा प्रहरीको भ्यानले बाईकलाई ठक्कर दिएर भाग्यो

हेटौडामा प्रहरीको भ्यानले बाईकलाई ठक्कर दिएर भाग्यो

हेटौडा: आज (बुधबार) साझा ७ बजे तिर हेटौडाको बुद्धचोकमा सवारी दुर्घटना भएको छ । श्रोतका अनुसार प्रहरीको भ्यानले २ वटा बाईकलाई ठक्कर दिएको हो ।

प्रहरी भ्यानको ठक्करबाट हेटौंडा–५, गर्दोईका ४९ बर्षीय सुरेश बज्राचार्य र हेटौंडा–५, पिप्लेका ४५ बर्षीय मधु अर्याल घाइते भएका छन् । बज्राचार्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अर्यालको हेटौंडा हेटौडा मोडल अस्पतालमा उपचार भइरहेको छ ।

हेटौंडा अस्पतालबाट राप्तिरोड हुँदै बुद्धचोकतर्फ तीव्र गतिमा रहेको जिल्ला प्रहरी कार्यालयको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको बताईएको छ ।  प्रहरीको भ्यानले बईकलाई ठक्कर दिएर भागेको भन्दै आक्रोशित समुह सडकमा आएका छन् ।

घटनाको विषयमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी प्रमुख बामदेव गौतमले फोन उठाएपनि ‘प्रहरीको भ्यानले बाईकलाई ठक्कर दिएर भागेको भन्ने कुरा आएको छ के हो?’ भनेर प्रश्न गर्दा उनले फोन काटिदिए र प्रहरी प्रवक्ता टेकबहादुर कार्कीको मोवाइल उठेन ।

अपडेट: मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यान चालक निलम्बनमा परेका छन् । निलम्बनमा पर्ने प्रहरी जवान विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उरिक्षक एवम् प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । नेपालीले मादक पदार्थ सेवन गरी भ्यान चलाएर दुर्घटना गराएकाले  ६ महिनाको लागि निलम्वन गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img