देशकोशी प्रदेशइटहरी उपमहानगरपालिकामा कोशी प्रदेशको पुनः नामकरण संघर्ष समितिले तालाबन्दी

इटहरी उपमहानगरपालिकामा कोशी प्रदेशको पुनः नामकरण संघर्ष समितिले तालाबन्दी

सुनसरी / कोशी प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै पहिचानवादी संगठनहरुले इटहरी उपमहानगरपालिकामा गरेको तालाबन्दी गरिएको छ ।

प्रदेशभरीका स्थानीय तहहरु बन्द गराउने अभियानमा रहेको समुहले आज इटहरी उपमहानगरपालिका बन्द गराउन खोजेको छ । इटहरी उपमहानगरपालिकाको गेटमा लगाएको ताला प्रहरीले तोडेको छ । भित्रै थुनिएका प्रहरीले पर्खाल नाघेर बाहिर निस्किएर ताला तोडेका थिए ।

‘पहिचान विरोधी होशियार,’ ‘पहिचान मेट्न पाइदैँन,’ ‘प्रदेशको नाम खारेज गर’ जस्ता नारा लगाउँदै इटहरी उपमहानगरमा गरिएको तालाबन्दी फोडिएको हो ।

पहिचान पक्षधरले हिजो मंगलबारदेखि स्थानीय तहका कार्यालयहरु बन्द गराउन थालेका छन् । मंगलबार नै विराटनगरमा गरेको प्रदर्शनका क्रममा भएको झडपमा २२ जना घाइतेसमेत भएका थिए । प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र २९ राउन्ड हवाई फायर गरेको थियोे ।

गत चैत ५ गते प्रदर्शनमा विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा सहभागी भएका धरान उपमहानगर – १५ का ४२ वर्षीय पदम लिम्बूको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img