जीवनशैलीयस्ता छन ब्रोकाउली सेवन गर्दा हुने फाइदाहरु हेर्नुहोस्

यस्ता छन ब्रोकाउली सेवन गर्दा हुने फाइदाहरु हेर्नुहोस्

हाम्रो स्वास्थ्यको लागि फाइदाजनक तरकारी ब्रोकाउली हो । ब्रोकाउलीको तरकारी धेरैले रुचाउने पनि गर्छन् । ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधिको रुपमा पनि उपयोग गर्ने गरिन्छ ।

प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु पाइने ब्रोकाउलीको तरकारी नियमित खाएमा मुटुसँग सम्बन्धित रोग न्युनिकरण हुन्छ । यस्तो छन् ब्रोकाउलीका १० फाइदा:-

१. क्यान्सर रोकथामका लागि प्रभावकारी:
ब्रोकाउलीमा शक्तिशाली एन्टिअक्सीडन्ट र एन्टी कार्सिनोजेन तत्व पाइने भएकाले स्तन, ग्रीवा र प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्‍याउँदछ।

२. प्रोटिनको राम्रो श्रोत:-
आधा क्यालोरीको साथ एक कप ब्रोकाउलीमा एक कप मकै वा चामल बराबरको प्रोटिन पाइन्छ। ३. प्रतिरक्षा स्वास्थ्य बढावा: एक कप ब्रोकलीमा बिटा क्यारोटीन, जिंक र सेलेनियमको ठूलो मात्रा पाइन्छ ।

४. मधुमेहसँग लड्न मद्दत गर्ने:-
उच्च फाइबर र कम सुगर भएका कारण, इन्सुलीनलाई न्यूनतम मद्दत गर्दछ। ५. मुटु रोगीका लागि लाभदायक: ब्रोकाउलीमा पाइने क्यारोटीनोइड ल्युटिन, बी सिक्स, फोलेट र कम सुगरको मात्राले इन्सुलिनलाई नियन्त्रणमा राखी मुटु रोगको जोखिमबाट बच्न सकिन्छ।

६. हड्डीलाई स्वस्थ राख्न मद्दत गर्ने:-
ब्रोकाउलीमा थुप्रै दुग्ध उत्पादनहरू भन्दा बढी क्याल्सियम र भिटामिन के पाइने भएका कारण यसले हड्डी स्वास्थ्य राख्न मद्दत गर्दछ।

७. रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्ने:-
यसमा पाइने पोटासियम, म्याग्नेशियम र क्याल्सियमको मात्राले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ।

८. रुगा खोकीबाट बचाउने:-
ब्रोकाउलीमा पाइने भिटामिन सी जसमा एन्टीअक्सीडेन्ट र एन्टी इन्फ्लामेटरी गुण पाइने गर्छ। जसले रुगा खोकीबाट बचाउने गर्दछर जस्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img