समाजइटहरीमा श्वास नै रोकिने गरी फैलिएको धुवाँ

इटहरीमा श्वास नै रोकिने गरी फैलिएको धुवाँ

सुनसरी | सुनसरी र मोरङका केही भागमा आँखै पोल्ने गरी धुवाँ फैलिएको छ । मध्य रातीदेखि धुवाँ र तुवाँलो फैलिएपछि चिसोसमेत बढेको छ ।

पूर्वमा सुन्दरहरैंचा र पश्चिममा रामधुनी नगर क्षेत्र भरी धुवाँ फैलिएको छ । इटहरी–धरान सडक खण्डमा रहेको चारकोसे झाडीमा मध्यरातदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र इटहरी क्षेत्रसहित रामधुनीको केही भागमा समेत समस्या भइरहेको छ ।

यस क्षेत्रमा धरान हुँदै पहाडी जिल्ला जाने सयौँ यात्रुहरू आवतजावत गर्छन् । तर, जताततै धुवाँ फैलिएका कारण बाटो हिँड्ने यात्रुहरूलाई समेत समस्या भइरहेको छ ।

मध्यरातदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र इटहरी क्षेत्रसहित रामधुनीको केही भागमानसमेत समस्या भएको स्थानीय राजु बस्नेतले जानकारी दिए ।

“जङ्गलमा आगो लाग्यो कि , सेउतीमा फोहोर डढाएको धुवा हो गाउँमा आएर श्वास फेर्नै गाह्रो भयो ! रोगी र जेष्ठ नागरिकलाई समेत समस्या भएको उनको भनाइ छ ।”उनले तत्काल आगो निभाउनका निम्ति नियामक निकायले चासो दिनुपर्ने बताए ।

इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्पनारायण चौधरीले यसबारे आफूले बुझ्ने र डढेलो लागेको भए वन कार्यालयसँग समन्वय गर्ने बताए । वराहक्षेत्रको जङ्गल क्षेत्रमा डढेलो लागेको र त्यसबाट धुवाँ फैलिएको उनले बताए ।

उनले अहिले पनि धरान उपमहानगर र वन कार्यालयसँग समन्वय गर्ने बताए । आवश्यक परेको अवस्थामा दमकलबाट पानी लगाएर आगो निभाउने उनको भनाइ छ ।

खास गरी घाँस नपलाउँदा घाँसका लागि डढेलो लगाउने गर्दासमेत डढेलो लाग्ने जानकारहरू बताउँछन् कतिपयले आफैँ जानाजान आगो लगाउने, कतिपयले धूम्रपान सेवन गरेर जङ्गलमा फाल्दासमेत आगलागी र डढेलो लाग्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img