समाजअधिकांश तरकारीको मूल्य बढ्यो (हेर्नुहोस् मूल्यसूची)

अधिकांश तरकारीको मूल्य बढ्यो (हेर्नुहोस् मूल्यसूची)

काठमाडौं | अविरल वर्षाका कारण ढुवानी सेवामा अवरोध भएपछि कालीमाटीमा अधिकांश तरकारीको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा, शुक्रबार गोलभेँडा, बोडी, भन्टा, लौका, करेला, परवर, ब्रोकाउली, बन्दा, र काउली लगायत धेरै तरकारीको भाउ बढेको छ।

समितिका अनुसार गोलभेँडा २३%, तने २०%, लाम्चो भन्टा ५२%, घिउ सिमी २२%, तितेकरेला ६९%, लौका ६६%, परवर २८% प्रतिशतले बढेको छ। भिण्डी, घिरौंलाको भाउ सामान्य घटेको छ। आइतबार कालीमाटी बजारमा नेपाली ठूलो गोलभेँडा प्रतिकिलो १०० रुपैयाँ छ, भने सानो गोलभेँडा ६० रुपैयाँ छ। तने बोडीको भाउ अधिकतम प्रतिकिलो ७०, घिउ सिमी १२०, तितेकरेला १००, लौका ८०, भिण्डी ८०, कन्य च्याउ १८०, डल्ले च्याउ ३००, कुरिलो २५०, ब्रोकाउली ३००, परवर ५०, घिरौंला ८०, लाम्चो भन्टा ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ। प्याज ९० तथा रातो आलु प्रतिकिलो ६५ रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img