समाजअरिङ्गालले टोकेर दिदीभाइको मृत्यु

अरिङ्गालले टोकेर दिदीभाइको मृत्यु

बझाङ |  अरिङ्गालको टोकाइबाट बझाङका दुई जनाको मृत्यु भएको छ।

थलारा गाउँपालिका–२ डोरगाउका ३ बर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खातिको मृत्यु भएको हो। उनीहरु दिदीभाइ हुन्।
अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रबिन्द्र खातीले बताए।

उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ बर्षकी हजुर आमा रहेका छन्। उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको छ।

शनिवार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिङ्गालले उनीहरुलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले बताए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img