Thursday, December 5, 2024
समाजमकवानपुरमा दुई सवारी दुर्घटनामा एकको मृत्यु, ३५ यात्रु घाइते

मकवानपुरमा दुई सवारी दुर्घटनामा एकको मृत्यु, ३५ यात्रु घाइते

हेटौँडा | मकवानपुरमा दुई अलग-अलग सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने ३५ यात्रु घाइते भएका छन्।

मकवानपुरको बकैया गाउँपालिका-४ हरामिटोलस्थित मदन भण्डारी लोकमार्गमा हेटौडाबाट सिन्धुलीतर्फ जाँदै गरेको स्कुटरले बाटो क्रस गर्दै गरेकी बागमती गाउँपालिका-४ बस्ने ४८ वर्षीया गंगा पहरीलाई ठक्कर दिएको थियो। उनलाई टाउको र निधारमा गम्भीर चोट लाग्यो, जसको कारण उपचारको क्रममा उनको मृत्यु भयो। सोही दुर्घटनामा ५ वर्षीय अनुप पहरी पनि घाइते भएका छन्। ठक्कर दिने स्कुटर चालक हेटौडा उपमहानगरपालिका-६ चौघडा निवासी २६ वर्षीय अनुप कुमार क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित समिडाँडामा पूर्वपश्चिम लोकमार्गमा महोत्तरीतर्फ गइरहेको बस दुर्घटनामा परेको छ। काठमाण्डौंबाट महोत्तरी जाँदै गरेको प्रदेश २-०३-००१ ख ३६२९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो। दुर्घटनामा २५ जना यात्रु घाइते भए भने बसमा सवार ४० जना मध्ये ३५ जनालाई विभिन्न स्वास्थ्य संस्थामा उपचारको लागि पठाइएको छ।

घटनास्थलमा प्रहरी टोली पुगेर घाइते यात्रुहरूको उद्धार गरेको थियो। गम्भीर चोटपटक नलागे पनि घाइतेहरूको संख्या धेरै भएकाले थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर र अन्य स्थानिय अस्पतालहरूमा पठाइएको छ। पुरानो मेडिकल कलेजमा २८ जना यात्रु उपचाररत छन्, जसमध्ये १३ जना मध्यम र १५ जना सामान्य चोटग्रस्त छन्। यस्तै, मनहरी अस्पतालमा ३ जना र हेटौंडा अस्पतालमा ४ जनाको उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ  ।

बसका चालक महोत्तरी पिपरा गाउँपालिका-२ का ३७ वर्षीय जय किशोर कापरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img