समाजमन्थलीमा स्कारपियो दुर्घटना, एकको मृत्यु

मन्थलीमा स्कारपियो दुर्घटना, एकको मृत्यु

spot_img

मन्थली | रामेछापको मन्थली नगरपालिकाको बोक्से पहरामा आइतबार बिहान स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मन्थली–१ की राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको हो। उनी स्वास्थ्यकर्मी थिइन्।

स्कारपियो (बा १३ च ३९३५ पुरानो नम्बर) सडकबाट खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। चालक तथा उनका श्रीमान उत्तम चौहान घाइते भएका छन्। घाइते चौहानलाई मन्थली सामुदायिक अस्पतालबाट धुलिखेल अस्पतालमा रेफर गरिएको छ।

प्रहरी र स्थानीयको सहयोगमा भीरबाट मृतकको शव निकालिएको छ।

त्यसैगरी, मन्थली–६ कुनौरीमा अर्को गाडी (बा १३ च ८४६३) पहिरोबाट तल खसेको छ, तर त्यस दुर्घटनामा ठूलो क्षति नपुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img