राजनीतिबागमतीमा तत्काल मन्त्रालय बढाउने निर्णय भएको छैन : मुख्यमन्त्री

बागमतीमा तत्काल मन्त्रालय बढाउने निर्णय भएको छैन : मुख्यमन्त्री

spot_img

हेटौँडा |  बागमती प्रदेश सरकारले हाल तत्काल मन्त्रालयको सङ्ख्या बढाउने निर्णय नगरेको जनाएको छ । मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारीको भारका विषयमा छलफल भइरहेको भए पनि मन्त्रालय थप्ने विषयमा कुनै निर्णय नभएको मुख्यमन्त्री किरण थापा मगरले बताए ।

उनका अनुसार हाल स्वास्थ्य र सामाजिक विकास एउटै मन्त्रालयअन्तर्गत राखिएको छ भने उद्योग, पर्यटन, श्रम तथा यातायातलाई एउटै मन्त्रालयमा समेटिएको छ । त्यसैगरी आन्तरिक मामिला मन्त्रालयअन्तर्गत सहकारी क्षेत्रसमेत गाभिएको छ ।

“कामको प्रकृति फरक–फरक छ । स्वास्थ्य र सामाजिक विकास एउटै ठाउँमा छ, उद्योग, पर्यटन, श्रम तथा यातायात पनि एउटै मन्त्रालयमा छ”, उनले भने, “आन्तरिक मामिलामा सहकारीसमेत गाभिएको छ । मन्त्रालयको कार्यभार हेर्दा मन्त्रीहरूलाई व्यवस्थापन गर्न कठिन हुन्छ कि भन्ने विषयमा हामीबीच छलफल भएको छ ।”

तर, हालकै अवस्थामा मन्त्रालयको सङ्ख्या बढाउने निर्णय नभएको उनले स्पष्ट पारे । “हामीले अहिले नै मन्त्रालय बढाइहाल्ने भन्ने निर्णय गरिसकेका छैनौँ”, उनले भने ।

प्रदेश सरकारले पछिल्लो समय मन्त्रालय तथा मातहतका निकायको संरचना र कार्यविभाजन पुनरावलोकन गर्दै आएको छ । मन्त्रालयहरूको कार्यभार, सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनलाई आधार बनाएर आवश्यक निर्णय गरिने प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img