मकवानपुरइन्द्रसरोवर गाउँपालिकाकुलेखानीको सतह १५२६.४९ मिटर पुग्यो, साँझसम्म पहिलो चेतावनीको तह पुग्ने अनुमान

कुलेखानीको सतह १५२६.४९ मिटर पुग्यो, साँझसम्म पहिलो चेतावनीको तह पुग्ने अनुमान

spot_img

हेटौँडा । लगातारको वर्षासँगै कुलेखानी जलाशयको पानीको सतह बढेर आइतबार दिउँसो २ बजेसम्म १५२६.४९ मिटर पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार हालको बहाव र जलाशयमा भइरहेको वृद्धिका आधारमा आज साँझ ६ देखि ७ बजेसम्म पानीको सतह १५२७ मिटर पुग्न सक्ने अनुमान गरिएको छ। यो तह पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइने व्यवस्था छ।

मौसम पूर्वानुमानअनुसार मौसममा क्रमिक सुधार देखिए पनि जलाधार क्षेत्रमा आज राति वा भोलिसम्म अप्रत्याशित भारी वर्षा भएमा जलाशयको सुरक्षा र पानीको सतह सन्तुलन कायम गर्न स्पिलवे गेट खोल्नुपर्ने अवस्था आउन सक्ने केन्द्रले जनाएको छ।

गेट खोल्नुपर्ने अवस्था आएमा सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई पालना गर्न आग्रह गरिएको छ।

केन्द्रका प्रमुख प्रल्हाद राउतले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राविधिक टोली पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिएका छन्। गेट खोल्नुअघि निर्धारित प्रक्रियाअनुसार थप चेतावनी साइरन र एसएमएस अलर्ट जारी गरिने केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img