खेल समाचारएसियाली खेलकुद: वर्षाले क्वाटरफाइनल रद्द हुँदा भारत र पाकिस्तान सेमिफाइनलमा

एसियाली खेलकुद: वर्षाले क्वाटरफाइनल रद्द हुँदा भारत र पाकिस्तान सेमिफाइनलमा

spot_img

काठमाडाैँ । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटका दुई क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भई भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन्। आज तय भएका खेलमा टससमेत हुन नसकेपछि आईसीसी वरीयताका आधारमा दुवै टोली अन्तिम चारमा पुगेका हुन्।

​आजको पहिलो क्वाटरफाइनलमा पाकिस्तानले हङकङ तथा दोस्रो क्वाटरफाइनलमा भारतले अफगानिस्तानको सामना गर्ने तालिका थियो। तर, प्रतिकूल मौसमका कारण खेल रद्द भएपछि वरीयतामा अगाडि रहेका भारत र पाकिस्तानले सीधै सेमिफाइनलको यात्रा तय गरेका छन्।

​यसैबीच मंगलबार बिहान ५:४५ बजे हुने नेपाल र श्रीलङ्काबीचको तेस्रो क्वाटरफाइनलमा पनि वर्षाको उच्च सम्भावना रहेको छ। यदि वर्षाका कारण यो खेल पनि रद्द भएमा वरीयताका आधारमा श्रीलङ्का सेमिफाइनलमा पुग्नेछ भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ।

​समूह चरणमा अफगानिस्तान र आयोजक जापानलाई पराजित गर्दै नेपाल समूह विजेताका रूपमा क्वाटरफाइनलमा पुगेको हो। भोलि नै हुने चौथो क्वाटरफाइनलमा बङ्गलादेश र मलेसिया प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img