अर्थ व्यापारराष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रशोधन तीव्र

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रशोधन तीव्र

spot_img

काठमाडाैँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत सङ्कलन गरिएका १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्यलाई तीव्र बनाएको छ। सङ्कलित तथ्याङ्कलाई सही, परिमार्जित र उपयोगी बनाउन कार्यालयले डेटा प्रविष्टि (एन्ट्री) र कोडिङको काम धमाधम अघि बढाएको हो।

​गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालका अनुसार हालसम्म झण्डै दुई लाख प्रतिष्ठानको तथ्याङ्क प्रणालीमा प्रविष्ट भइसकेको छ भने करिब ६ लाख प्रतिष्ठानको कोडिङ सम्पन्न भएको छ। तथ्याङ्कमा रहेका त्रुटि, दोहोरिएका विवरण र नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गर्न २०० जना जनशक्ति परिचालन गरिएको छ।

​प्रतिष्ठानहरूलाई तिनको प्रकृतिका आधारमा औद्योगिक, व्यापारिक र सेवामूलकलगायत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मापदण्डअनुसार कोडिङ गर्ने काम भइरहेको छ। गएको वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन भएको आर्थिक गणनामा व्यावसायिक कृषि, खानी, उद्योग, व्यापार, वित्तीय संस्थासहितका प्रतिष्ठानहरू समेटिएका थिए।

​प्रशोधन प्रक्रिया पूरा गरी अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि देशको समग्र आर्थिक नीति तथा विकास योजना निर्माणका लागि वस्तुपरक तथ्याङ्क प्राप्त हुने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img