मकवानपुरइन्द्रसरोवर गाउँपालिकाकुलेखानी जलाशय भरिन १.५७ मिटर बाँकी, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द

कुलेखानी जलाशय भरिन १.५७ मिटर बाँकी, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द

हेटौँडा । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयको सतह बढ्दै गएपछि भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकखण्डमा आज साँझदेखि सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै आज शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख प्रह्लाद राउतका अनुसार आज दिउँसो ३ बजे जलाशयको सतह १ हजार ५२८ दशमलव ४३ मिटर पुगेको छ। जलाशयको अधिकतम जलभण्डारण सतह १ हजार ५३० मिटर रहेकाले पूर्ण भरिन अब १ दशमलव ५७ मिटर मात्र बाँकी छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आज साँझसम्म जलाशयको सतह १ हजार ५२९ मिटर पुग्ने अनुमान गरिएको जानकारी दिए। उनका अनुसार जलाशय क्षेत्रमा आज राति वा भोलिसम्म अत्यधिक वर्षा भएमा जलाशयको सुरक्षा र जलसतह सन्तुलन कायम राख्न बाँधका मुख्य गेट खोल्नुपर्ने अवस्था आउन सक्छ।

बाँधका गेट खोलिएमा सिस्नेरी खोला र बागमती नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावले कात्तिक १२ गतेदेखि मकवानपुरमा निरन्तर वर्षा भइरहेको छ। प्रशासनले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार