अन्तर्राष्ट्रियकच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा धेरैले घट्यो

कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा धेरैले घट्यो

काठमाडाैँ । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतासम्बन्धी वार्तामा प्रगति हुने सङ्केत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।

​रोयटर्सका अनुसार इरानी र कतारी अधिकारीहरूबीच भएको वार्ताले मध्यपूर्वमा देखिएका आपूर्ति अवरोधहरू कम हुन सक्ने आशा जगाएपछि मूल्यमा गिरावट आएको हो। यससँगै ब्रेन्ट क्रुड तेलको मूल्य ४.२ प्रतिशतले घटेर प्रतिब्यारेल १०८.६४ डलरमा झरेको छ।

​यसअघि हर्मुज जलमार्गमा आक्रमणका घटना बढेपछि र अमेरिका–इरान द्वन्द्व चर्कने चिन्ताले अक्टोबरको अन्त्यमा ब्रेन्ट क्रुडको मूल्य ६ महिनायताकै उच्च विन्दुमा पुगेको थियो। तनावका बाबजुद साउदी अरबले अक्टोबर महिनामा कच्चा तेलको निर्यात बढाएको छ।

​गएको फेब्रुअरीको अन्त्यमा इरान युद्ध सुरु भएयता हर्मुज जलमार्गको ढुवानीमा अवरोध आएपछि विश्वभरका भण्डारबाट करिब १ अर्ब ब्यारेल तेल खपत भइसकेको अबुधाबीको सरकारी तेल कम्पनी ‘एडनोक’ ले जनाएको छ।

​यद्यपि, आपूर्तिसम्बन्धी जोखिम कायमै रहेकोले मूल्य अझै बढ्न सक्ने केही विश्लेषकहरूको आकलन छ। ‘गोल्डम्यान स्याक्स’ ले यदि खाडी क्षेत्रको उत्पादन २०२५ को औसतभन्दा दैनिक ३५ लाख ब्यारेल कम रहेमा सन् २०२७ सम्ममा कच्चा तेलको मूल्य प्रतिब्यारेल १४० डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार