देशबागमती प्रदेशबागमती प्रदेशमा एकैपटक ३३६ कर्मचारीको सरुवा

बागमती प्रदेशमा एकैपटक ३३६ कर्मचारीको सरुवा

काठमाडाैँ । बागमती प्रदेश सरकारले प्रदेश मातहतका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ३३६ जना प्रशासनिक तथा प्राविधिक कर्मचारीको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको छुट्टाछुट्टै निर्णयबाट यी सरुवा गरिएका हुन्।

​मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कात्तिक १७ र १८ गतेको निर्णयअनुसार २१५ जना कर्मचारीको सरुवा गरिएको छ। जसमध्ये प्रदेश इन्जिनियरिङ सेवाका २२ जना कार्यालय प्रमुख, ५१ जना नायब सुब्बा तथा सहायक अधिकृत र १४२ जना शाखा अधिकृत तथा वरिष्ठ शाखा अधिकृत तहका कर्मचारी रहेका छन्।

​त्यस्तै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले सचिवस्तरीय निर्णयमार्फत आफ्ना मातहतका १४३ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालय मातहतका खानेपानी तथा सिँचाइ डिभिजन कार्यालयमा कार्यरत कर्मचारीलाई नयाँ जिम्मेवारी दिइएको छ।

​एकैपटक ठूलो संख्यामा कर्मचारी सरुवा भएसँगै प्रशासनिक वृत्तमा भनसुन र पहुँचको चर्चा सुरु भएको छ। पहुँचवाला कर्मचारीहरू काठमाडौँ उपत्यका, हेटौँडा, चितवन र काभ्रेजस्ता सुगम जिल्लामा सरुवा हुन सफल भएका छन् भने पहुँचविहीन र दुर्गममा कार्यरत कर्मचारीलाई पुनः विकट क्षेत्र वरपर नै सीमित पारिएको गुनासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार