अर्थ व्यापारगोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानी खर्च अत्यधिक परेकाले चुमनुब्री गाउँपालिकाका बासिन्दा महँगो मूल्यमा नुन किन्न बाध्य भएका हुन्।

​नेपालमा साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको खुद्रा मूल्य प्रतिप्याकेट २६ रुपैयाँ तोकेको छ। तर मनास्लु क्षेत्रको तिब्बती सीमावर्ती गाउँ सामागाउँ र साम्दोमा भने स्थानीयले एक प्याकेट नुनको २०० रुपैयाँसम्म तिरिरहेका छन्। त्यस्तै, चुम उपत्यकाका छुले र निले बस्तीमा पनि प्रतिप्याकेट नुन १८० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ।

​आरुघाट र आर्खेतबाट खच्चड तथा मानिसमार्फत ढुवानी गर्दा नुनको मूल मूल्यभन्दा ढुवानी खर्च नै तेब्बर बढी हुने गरेको स्थानीय निमा दोर्जेले बताए।

​सरकारले हिमाली क्षेत्रका लागि साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ढुवानी अनुदानमा सहुलियतको नुन पठाउने गरे पनि त्यो सबै विकट बस्तीमा पुग्न सकेको छैन। कर्पोरेसनले चालु आर्थिक वर्षमा सिर्दिबासका लागि ३५० क्विन्टल नुन पठाएको जनाए पनि उक्त अनुदानको नुन सिर्दिबास क्षेत्रमै सीमित हुने गरेको छेकम्पारका स्थानीय पासाङ फुन्जो लामाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार