देशबागमती प्रदेशभोटेकोशी बाढीबाट प्रभावित ५८४ बालबालिकाको संरक्षणका लागि आवेदन आह्वान

भोटेकोशी बाढीबाट प्रभावित ५८४ बालबालिकाको संरक्षणका लागि आवेदन आह्वान

काठमाडाैँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार योजनामा सहभागी हुन इच्छुक परोपकारी सङ्घसंस्था तथा व्यक्तिहरूसँग आवेदन माग गरेको छ। बाढीका कारण बागमती प्रदेशका रसुवा र नुवाकोट जिल्लाका ५८४ जना बालबालिका प्रभावित भएपछि परिषद्ले उनीहरूको व्यवस्थापनका लागि पहल थालेको हो।

​परिषद्ले एक सार्वजनिक सूचना जारी गर्दै बाढी प्रभावित बालबालिकाको स्याहार तथा संरक्षणमा सहयोग गर्न चाहने सङ्घसंस्था र व्यक्तिलाई सम्बन्धित वडा कार्यालयमार्फत निवेदन पेस गर्न अनुरोध गरेको छ।

​यस योजनामा १८ वर्षमुनिका बालबालिकालाई मात्र समावेश गरिने परिषद्ले स्पष्ट पारेको छ। परिषद्का अनुसार बालबालिका स्वयं वा उनका संरक्षक घाइते भएका कारण उचित हेरचाह पाउन नसकेका तथा बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई प्राथमिकताका साथ योजनामा समेटिनेछ।

​बाढीका कारण अभिभावक गुमाएका र परिवारबाट विस्थापित भएका बालबालिकाको तत्काल संरक्षणसँगै शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श र दीर्घकालीन पुनः स्थापना प्रमुख चुनौती बनेको परिषद्ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार