कृषीभैँसीपालन गर्ने किसानलाई ४० हजार अनुदान

भैँसीपालन गर्ने किसानलाई ४० हजार अनुदान

पाल्पा– लैनो भैँसी पाली दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई रु ४० हजार अनुदान उपलब्ध गराएको हो ।

व्यावसायिकरूपमा भैँसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरपालीकाले जनाएको छ । लैनो भैँसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैँसीपालन गरी दुईवटा पु¥याउनुपर्ने छ । किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका निम्ति अनुदान प्रदान गरिएको नगरप्रमुख शाहीले बताउनुभयो । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ र हेफर परियोजनाको सहयोग भैँसीपालनका क्षेत्रमा सहयोग गरिएको हो ।

चालु आर्थिक वर्ष २०७८÷७९ मा नगरपालिकाभित्रका किसानलाई १०० लैनो भैँसी थप गर्ने योजना छ । सोहीअनुसार ६९ लैनो भैँसी थप गर्ने किसानलाई रु २९ लाख अनुदान वितरण गरिएको हो ।

तानसेन नगरपालिका–७ र १३ नं वडामा लैनो भैँसीपालनलाई अनुदान वितरण गर्ने योजना रहेको छ । यो कार्यक्रममा सहभागी हुने किसानलाई स्थानीय सरकारले घाँस तथा प्राविधिक सहयोग गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img