इटहरी : महेन्द्र माध्यमिक बिद्यालयमा आज अभिभावक भेला कार्यक्रम भएको छ ।
महेन्द्र माध्यमिक बिद्यालयका प्रधानध्यापक मेदन कुमार घिमिरे ,शिक्षक अभिभावक संघका अध्यक्ष होमप्रसाद धमला, विद्यालयका सदस्य दिपेन्द्र घिमिरे , यसै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद पौडेल , सदस्य टिकाराम धमला , इटहरी उपमहानगरपालिका-२ का वडा अध्यक्ष हर्क बहादुर मगर र यसै विद्यालयका शिक्षक कर्मचारी र विद्यार्थीहरूको उपस्थित यस कार्यक्रम भएको हो ।
अभिभावकको गुनासो र विद्यार्थीहरूको के कस्तो पढाइ भइरहेको छ भनी यस अभिभावक भेला भएको हो र विभिन्न व्यक्तिहरूको मन्तव्य पनि रहेको छ ।



