देशकोशी प्रदेशनक्कली पिसिआर रिपोर्ट बनाउने एक व्यक्ति पक्राउ

नक्कली पिसिआर रिपोर्ट बनाउने एक व्यक्ति पक्राउ

सुनसरी : झापाको मेचीनगर नगरपालिका-६ मा नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सो टुर्स एण्ड ट्राभल्समा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त टुर्स एण्ड ट्राभल्सको कार्यालयमा रहेको दुई थान ल्यापटप र एक थान प्रिन्टर बरामद गरेको छ ।

अनुसन्धानको क्रममा उक्त ल्यापटपमा मेची अञ्चल अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ अस्पताल, नेशनल पब्लिक हेल्थ ल्याबोरेटरि काठमाडौंको अफिसियल प्याडहरूलाई डिजिटल स्क्यान गरी इडिट गरेर नाम खाली राखी पिसिआर नेगेटिभ भएको रिपोर्टहरू सेभ गरि राखेको देखिन्छ ।

नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूको छापहरूलाई डिजिटल स्क्यान गरेको तथा विभिन्न सरकारी कर्मचारी, डाक्टर र व्यक्तिहरूको दस्तखतलाई डिजिटल स्क्यान गरी इडिट गरेर सेभ गरी राखेको फेला परेको छ ।

उनी उपर झापा जिल्ला अदालतबाट लिखत सम्बन्धि कसूरको अनुसन्धानको लागि ७ दिन म्यादथप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बेथानचोक खबर डटकमबाट साभार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img