देशकोशी प्रदेशकोरोना भाइरस बढेपछि भोजपुर प्रशासनद्वारा आदेश जारी

कोरोना भाइरस बढेपछि भोजपुर प्रशासनद्वारा आदेश जारी

सुनसरी / जिल्ला प्रशासन कार्यलय भोजपुरले कोभिड-१९ को नयाँ रूपमा ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि ९ बुँदे आदेश पत्र जारी गरेको छ ।

बुधबार बसेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ संक्रमण तीब्रमा फैलिएको कारण आदेश पत्र जारी गरिएको छ ।२५ जना भन्दा बढी सहभागी हुने नपाइने भिडभाडजन्य मेला , महोत्सव , सभा सेमिनार गोष्ठी लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन आदेश पत्र जारी गरिएको छ ।

कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यानमा राखि तोकिएका स्वास्थ्य सुरक्षाका मापदहरू ( माक्सको उचित , प्रयोग ,स्यानीटाइजरको प्रयोग र भौतिक दुरी कायम ) अनिवार्य रूपमा नियम पालना गर्नु पर्ने र गराउने पनि जस्ता ९ बुँदे आदेश पत्र जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img