Tuesday, March 18, 2025
अर्थ व्यापारसुनको मूल्य प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढ्यो

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैँया कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ । साताको पहिलो दिन आइतबार चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैँयाले बढेको छ ।

शुक्रबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img