Wednesday, March 26, 2025
देशकोशी प्रदेशइटहरी धरान लगायत देशभरका विद्यालयहरू आजदेखि खुल्ने

इटहरी धरान लगायत देशभरका विद्यालयहरू आजदेखि खुल्ने

सुनसरी

इटहरी धरान लगायता देशभरका विद्यालयहरू आज आइतबार देखि भौतिक उपस्थितमा पठनपाठन सञ्चालन हुने भएको छ ।

कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितिसहित पठनपाठन हुने भएको हो । विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन् । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमितरुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने जनाइएको छ । यसअनुसार अधिकांश विद्यालयले विद्यार्थीका लागि विद्यालय आउन अनुरोधका साथ सूचना समेत जारी गरिसकेका छन् ।

सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्णयलाई समेत आधार मानी स्कुल खोल्न अनुमति दिइसकेकाले इटहरी धरान लगायताका विद्यालय आजबाट खुल्ने भएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img