काठमाडौं । सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा विगत एक वर्षको अवधिमा ५० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुई पटक गरेर चार पटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारी साधनमा ५० प्रतिशत बढीले मूल्यवृद्धि गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बहानामा भौतिक पूर्वाधार तथा यातायात मनत्रालयअन्तर्गतको यातायात विभागले पटकपटक भाडा वृद्धि गर्दा सर्वसाधारण भने मारमा परेका छन् ।
सार्वजनिक यातायातका प्रयोगकर्ताले यातायातका साधन प्रयोग गर्दा चर्को भाडा तिर्न बाध्य भएका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।



