Saturday, February 15, 2025
समाजसिसडोलवासीले पत्याएनन् मेयरलाई

सिसडोलवासीले पत्याएनन् मेयरलाई

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह काठमाडौंको फोहोर व्यवस्थापनको विषयलाई लिएर नुवाकोटको सिसडोल पुगेका छन् ।

मेयर साहले सिसडोल पुगेर स्थानीयको माग सम्बोधन गर्न आफू तयार रहेको र काम गर्ने वातावरण मिलाइदिन आग्रह गरेका छन् । स्थानीयले भने पहिला आफ्ना मागको सम्बोधन हुनुपर्ने पुरानै अडान दोहोर्याका छन् ।

मेयर साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने वचन दिएपनि स्थानीय भने साहको वचनमा सहमत हुन सकेनन् ।

उपमेयर सुनिता डंगोलसहितको शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोल पुगेका साहले केमिकल हालेर एक साताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img