अर्थ व्यापारआईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने

आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने

काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ ।

आईओसीले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार नयाँ मूल्यसूची पठाएको थियो ।

तर नेपाल आयल निगमले भने मूल्य यथावत् रहने जनाएको छ । निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने जनाएको हो ।

एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा करिब ४० करोड रुपैयाँ नाफा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img