Wednesday, January 15, 2025
देशकोशी प्रदेशप्रदेश १ को नाम बहुमतले ‘कोशी’ पारित

प्रदेश १ को नाम बहुमतले ‘कोशी’ पारित

सुनसरी / प्रदेश १ को नाम ‘कोशी’ बहुमतले पारित भएको छ । आज बुधबार प्रदेश १ को प्रदेशसभामा पेस भएको नामकरणमा ‘कोशी’ प्रदेश नाम राख्ने बहुमतले पारित भएको हो ।

नेकपा एमालेका रामबहादुर राना मगरले प्रस्ताव गरेको ‘कोशी’ मा एमाले सांसदद्वय विदुर लिंथेप र नेकपा एमालेका नीरन राईले समर्थन गरेका थिए । प्रदेश १ को प्रदेशसभाले प्रदेशको नामकरण सम्बन्धी प्रस्ताव पारित गरेसँगै अब ‘कोशी’ प्रदेश रहने भएको छ ।

आज बुधबार साँझ भएको मत विभाजनमा पक्षमा कोसीको ८२ मत परेको थियो । विपक्षमा ४ मत परेको थियो भने ६ जना सांसद अनुपस्थित रहे । मतदानमा ८६ जना सांसद सहभागी थिए।

प्रदेश १ कूल ९३ जना सांसद छन् । जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद आवश्यक पर्छ । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

यसअघि ,नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले प्रदेशसभा सचिवालयमा किराँत–लिम्बुवान–सगरमाथा नामको प्रस्ताव दर्ता गराएका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img