Friday, January 17, 2025
अर्थ व्यापारमधेस सरकारले ल्यायो ४३ अर्बको बजेट, कुन मन्त्रालयलाई कति?

मधेस सरकारले ल्यायो ४३ अर्बको बजेट, कुन मन्त्रालयलाई कति?

वीरगन्ज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा करिब १ अर्ब कम बजेट ल्याएको हो ।

शनिबार प्रदेशका अर्थमन्त्री भरत साहले प्रदेशसभामा आगामी वर्षका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ को बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालू खर्चतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ राखिएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img