Tuesday, June 17, 2025
अर्थ व्यापारचालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

spot_img

काठमाडौँ | भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नेपालले रु १३ खर्ब १४ अर्ब ४४ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ। जेठ मसान्तसम्मको वैदेशिक व्यापारको आँकडा हेर्दा नेपालले रु १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात गरेको छ भने रु एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख बराबरको मात्र निर्यात गरेको छ।

विभागका अनुसार यस अवधिमा नेपालले कुल रु १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ। यो आँकडा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा रु १६ खर्ब २४ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो।

-Ads-

चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा आयात १.८४ प्रतिशत, निर्यात ३.१ प्रतिशत र वैदेशिक व्यापार घाटा १.७२ प्रतिशतले घटेको छ।

नेपालले भारतसँग सबैभन्दा बढी रु ८ खर्ब १३ अर्ब ७८ करोड २९ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ। चीनसँग रु २ खर्ब ७० अर्ब ४० करोड र युनाइटेड अरब इमिरेट्ससँग रु २६ अर्ब ५ करोड ४२ लाखको व्यापार घाटा रहेको छ।

अर्कोतर्फ, नेपालले अफगानिस्तानसँगको व्यापारमा रु ३९ करोड १८ लाख ७ हजार बराबरको फाइदा गरेको छ। यसैगरी नर्वे, सुडान, आइसल्यान्ड र मौरिसस जस्ता देशहरूसँगको व्यापारमा पनि नेपालले नाफा गरेको छ।

यो तथ्याङ्कले नेपालको वैदेशिक व्यापारमा अझै पनि ठूलो असन्तुलन रहेको देखाउँछ, जसमा आयात निर्यातको तुलनामा धेरै बढी छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img