अर्थ व्यापारघट्यो पेट्रोल र डिजेलको भाउ

घट्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा घटाएको छ। निगमको सञ्चालक समितिले बिहीबार बसेको बैठकमा यो निर्णय गरेको हो।

भारतीय आयल कर्पोरेसनबाट आयातित पेट्रोलियम पदार्थको मूल्य घटेको कारण नेपाल आयल निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको जनाएको छ ।

भारतबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा प्रेटोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img