Monday, April 21, 2025
शिक्षागर्मी बढेसँगै विद्यालय साउन २० गतेसम्म बन्द
spot_img

गर्मी बढेसँगै विद्यालय साउन २० गतेसम्म बन्द

वीरगञ्ज । प्रचण्ड गर्मीका कारण वीरगञ्ज लगायत मध्य तराईको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

पछिल्लो समय बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै पर्साका विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयहरूलाई गर्मी बिदा दिन थालेका छन् ।

असार महिनाको अन्त्यसम्म पनि पानी नपरेका कारण गर्मी बढ्दै गएको र विद्यालयमा पठनपाठन असहज हुँदै गएपछि पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका सहित पोखरिया नगरपालिका, पाकाहमैनपुर गाउँपालिका, धोबिनी गाउँपालिका र विन्दवासिनी गाउँपालिकाले गर्मी बिदा घोषणा गरेका छन् । वीरगञ्ज महानगरपालिकाले आज एक सूचना जारी गर्दै साउन २० गतेसम्म महानगरका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अत्यधिक गर्मीका कारण बालबालिकामा पर्न जाने प्रतिकुलतालाई मध्यनजर गर्दै साउन २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरका शिक्षा अधिकृत हरि राउतले जानकारी दिनुभयो ।

त्यसैगरी पोखरिया नगरपालिका, पकाहमैनपुर गाउँपालिका, धोबिनी, विन्दवासिनी गाउँपालिकाले सूचना जारी गर्दै साउन १ गतेदेखि २८ गतेसम्म बिदा घोषणा गरेका छन् । गर्मी बढेसँगै सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित हुँदा र विद्यार्थीको सङ्ख्या पनि कम हुँदै गएपछि बिदा घोषणा गरिएको विन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताउनुभयो ।

अत्यधिक गर्मीको कारण दिउँसोको समयमा तातो हावा चलेपछि सर्वसाधारण घरभित्रै बस्न बाध्य भएका छन् भने बजारमा उपभोक्ताको उपस्थिति नहुँदा व्यवसायीहरू निरास बनेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img