Monday, March 17, 2025
राजनीतिनैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : देउवा

नैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

शुक्रबार बालुवाटारमा भएको पाँच दलीय गठनबन्धनको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीको राजनीतिक संलग्नता देखिएको उल्लेख गर्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

यही असार २६ गते नेकपा (एमाले)ले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका ‘एम अधिकारी’को नाम रहेको छ । उक्त एम अधिकारी नामको व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको समाचार सार्वजनिक भइरहेका अवस्थामा तीब्र रुपमा उनको राजीनामा माग हुँदै आएको छ ।

सोही विषयलाई लिएर आजको गठनबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले गभर्नरको राजनीतिक संलग्नता देखिएको विषय उठाएका थिए । सोही क्रममा प्रधानमन्त्री देउवाले पनि गभर्नर अधिकारीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

एक नेताका अनुसार प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीको राजनीतिक संलग्नता देखिएको कारण उनी स्वयंले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका थिए । त्यसोत, विहीबार मात्रै प्रधानमन्त्री देउवासँग गभर्नर अधिकारीले भेट गर्दै राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिको बारेमा जानकारी गराएका थिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img