बागमती प्रदेशमकवानपुरहेटौँडामा भोलि ग्रान्ड एजुकेसन कन्क्लेभ: गायिका अन्जु पन्त आउने

हेटौँडामा भोलि ग्रान्ड एजुकेसन कन्क्लेभ: गायिका अन्जु पन्त आउने

spot_img

हेटौडा | शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले भोलि हेटौँडामा “ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४” आयोजना गर्दैछ । कन्क्लेभमा चर्चित गायिका अन्जु पन्तको पनि उपस्थिति रहने छ ।

राइटपाथले अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श तथा प्रक्रियामा सहजीकरण गर्दै आएको छ। हेटौँडा–४, स्कूलरोडस्थित मारवाडी सेवा सदनको व्यापारिक कम्प्लेक्सस्थित राइटपाथ हेटौँडाको कार्यालय परिसरमा हुने यस कन्क्लेभमा ४ सय देखि ५ सय सम्म विद्यार्थी तथा अभिभावकलाई परामर्श सेवा प्रदान गरिनेछ।

कन्क्लेभमा १२ कक्षाको वार्षिक परीक्षा दिएर बसेका उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकलाई प्राथमिकतामा राखिनेछ। हेटौँडापछि चितवन, बुटवल र दाङमा पनि यस्तै शैक्षिक मेलाको आयोजना गरिने छ।

कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर, फ्रि मुभी टिकेट, आकर्षक गिफ्ट ह्याम्पर र विभिन्न स्कलरसिप तथा छुटको व्यवस्था गरिएको छ। २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिसमेत उपस्थित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img