Saturday, June 14, 2025
शिक्षा६ वर्षमा साढे चार लाख विद्यार्थीसहित ३ खर्ब रुपैयाँ बाहिरियो

६ वर्षमा साढे चार लाख विद्यार्थीसहित ३ खर्ब रुपैयाँ बाहिरियो

spot_img

काठमाडौं | नेपाली विद्यार्थीहरूको विदेश मोह दिनानुदिन बढ्दै गएको छ। पछिल्लो ६ वर्षको तथ्यांकले यो कुरालाई प्रष्ट पारेको छ। वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार २०७५/७६ देखि हालसम्म ४ लाख ६४ हजार ७७७ विद्यार्थी विदेश गएका छन्। यसै अवधिमा नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ३ खर्ब ८२ अर्ब ११ करोड ३६ लाख रुपैयाँ देशबाट बाहिरिएको छ।

विशेष गरी पछिल्लो एक वर्षमा यो संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ। २०८०/८१ मा मात्रै १ लाख १२ हजार २६९ विद्यार्थी विदेशिएका छन्। यी विद्यार्थीहरूसँगै पछिल्लो ११ महिनामा १ खर्ब १७ अर्ब ५८ लाख रुपैयाँ बाहिरिएको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा निकै बढी हो।

-Ads-

जापान, क्यानडा, युके, अस्ट्रेलिया र अमेरिका नेपाली विद्यार्थीहरूका लागि सबैभन्दा लोकप्रिय गन्तव्यहरू बनेका छन्। जापनमा मात्रै ३४ हजार ७३१ विद्यार्थी पुगेका छन्। विषयगत रूपमा हेर्दा व्यवस्थापन, जापनिज भाषा, व्यापार अध्ययन र सूचना प्रविधि सबैभन्दा धेरै रोजिएका विषयहरू हुन्।

वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख नृपध्वज मगरका अनुसार दैनिक ६०० जना विद्यार्थीले एनओसीका लागि आवेदन दिन्छन्, जसमध्ये ४०० जनाले प्राप्त गर्छन्। “एनओसी लिन आउनेको भीड अझै उस्तै छ। पछिल्लो एक वर्षमा एनओसी लिनेको संख्या थप बढेको छ,” उनले भने।

यद्यपि, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. डिल्लीराम पोखरेलले यो प्रवृत्तिको सकारात्मक पक्ष पनि औंल्याए। उनका अनुसार विदेशमा अध्ययनरत विद्यार्थीहरूबाट रेमिट्यान्स पनि भित्रिन थालेको छ। “विद्यार्थी अध्ययनमा जाँदा यताको रकम मात्रै बाहिरिँदैन, उताबाट पनि रेमिट्यान्स भित्रिन्छ,” उनले बताए।

यो प्रवृत्तिले नेपालको शैक्षिक र आर्थिक क्षेत्रमा गहन प्रभाव पार्ने देखिन्छ। एकातिर ठूलो संख्यामा युवा जनशक्ति र पूँजी बाहिरिँदा देशको विकासमा चुनौती थपिएको छ भने अर्कोतिर विदेशी शिक्षा र अनुभवले ल्याउने सम्भावित फाइदाहरू पनि छन्। यो विषय अहिले नेपाली समाजमा व्यापक चर्चा र बहसको विषय बनेको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img