Monday, February 17, 2025
मकवानपुरबकैया गाउँपालिकाएसईई उत्कृष्ट विद्यार्थी सम्मानित

एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

हेटौँडा | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बकैया गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ। मङ्गलबार आयोजित कार्यक्रममा गाउँपालिकाका विभिन्न विद्यालयबाट ४६ जना उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले जनप्रतिनिधिहरूको मुख्य ध्यान शिक्षामा हुनुपर्नेमा जोड दिए। गौतमले एसईईको नतिजा कमजोर आउनुमा शिक्षाप्रति पर्याप्त ध्यान नदिइनु मुख्य कारण रहेको बताए।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का विभिन्न तहका नेताहरू, स्थानीय जनप्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र विद्यार्थी संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूमा बागमती प्रदेश सचिवालय सदस्य एवम् बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान लगायत थिए।

अखिल क्रान्तिकारी बकैया गाउँ कमिटीका अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दिपेश घिमिरेले गरेका थिए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img