Saturday, April 19, 2025
समाजकाठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना: १८ जनाको मृत्यु
spot_img

काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना: १८ जनाको मृत्यु

काठमाडौं | काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको विमान बुधबार बिहान करिब ११ बजे दुर्घटनाग्रस्त भएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

मृतकहरूमा विमानमा सवार १८ जना रहेको अनुमान गरिएको छ। मृतकहरूको सनाखत हुन बाँकी रहेको र शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको जानकारी दिइएको छ।

९एन एएमई कल साइन भएको यो विमान विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फको नजिकै क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। विमान मर्मतका लागि काठमाडौँबाट पोखरा पठाइएको एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले पुष्टि गरेका छन्।

दुर्घटनामा विमानका चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरी काठमाडौँ मेडिकल कलेज लगिएको छ। प्राथमिक जानकारी अनुसार, विमानस्थलबाट उड्नेबित्तिकै विमान असन्तुलित भएर भुईँमा खसेको र त्यसपछि आगलागी भएको बताइएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img