Wednesday, May 14, 2025
समाजविमान दुर्घटना: एकै परिवारका तीन जनाको मृत्यु
spot_img

विमान दुर्घटना: एकै परिवारका तीन जनाको मृत्यु

spot_img

काठमाडौं | काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन सदस्यको मृत्यु भएको खुलेको छ। मृत्यु हुनेमा मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा रहेका छन्।

प्रिजाका बुबा प्रकाश खतिवडाले जमाइँ मनुराज प्राविधिक भएको जानकारी दिए। प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् भने अधिराज नाबालक रहेको पारिवारिक स्रोतले बतायो। तर, सौर्य एयरलाइन्सले जारी गरेको विवरणमा तीनै जना कम्पनीका कर्मचारी भएको उल्लेख गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार बिहान ११:११ मा काठमाडौंबाट पोखरातर्फ उडेको सीआरजे ७ जहाज (रजिस्ट्रेसन-९एनएएमई) उड्नेबित्तिकै दाहिनेतिर मोडिएर रनवेको पूर्वी भागमा दुर्घटनाग्रस्त भयो। दुर्घटनापछि जहाजमा आगलागी भएको थियो।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको प्राधिकरणले पुष्टि गरेको छ। पाइलट मनिषरत्न शाक्य घाइते भएका छन् र उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img

spot_img