Saturday, February 15, 2025
निर्वाचनमतदान गर्ने क्रममा विवाद हुँदा गोली चल्यो!

मतदान गर्ने क्रममा विवाद हुँदा गोली चल्यो!

रौतहट । मतदानाका क्रममा रौतहटका दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ ।

गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्ष सुनिल मल्लले जानकारी दिनुभयो ।

मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली चलेका दुवै मतदान केन्द्रमा तत्काललाई मतदान स्थगित भएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img