Friday, June 20, 2025
निर्वाचनअहिलेसम्म ४४ स्थानमा मतदान स्थगित, ३१ स्थलमा पुन: सञ्चालन

अहिलेसम्म ४४ स्थानमा मतदान स्थगित, ३१ स्थलमा पुन: सञ्चालन

spot_img

काठमाडौँ, प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न आइतबार देशभरि मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।

निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार दिउँसो पौने १ बजेसम्म देशभरि ३२ प्रतिशत मतदान भएको छ। केही स्थानमा भने झडप हुँदा समयमै मतदान सुरू हुन सकेको छैन।

-Ads-

नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो १ बजेसम्ममा २५ जिल्लाका ४४ मतदान स्थलमा झडपका कारण मतदान स्थगित भएको छ।

’४४ स्थानमा मतदान स्थगित भए पनि ३१ स्थलमा पुन: सञ्चालन भइसकेको छ। १५ ठाउँमा हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइएको छ,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने।

१३ मतदान स्थलमा भने मतदान सुरू हुन नसकेको प्रवक्ता राईले जानकारी दिए।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्।

मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img