कास्की – कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना सुरु भएको हो ।
प्रतिनिधि सभा चुनावतर्फ ४ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिनुभएको छ ।
उहाँले अहिलेसम्म १ सय २३ मत प्राप्त गर्नुभएको छ । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले ६८ मत प्राप्त गर्नुभएको छ । अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ ।
त्यसै गरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि राप्रपाले अग्रता लिएको छ । राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबाबु भण्डारीले अग्रता लिनुभएको हो । ५ सय ४१ मत गणना हुदा १ सय ९९ मत प्राप्त गरेका छन् ।
त्यसै गरी नेकपा एमालेका भीम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकास लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४९ हजार ५ सय ९६ मत खसेको थियो ।
कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना आज बिहान सर्वदलिय बैठकपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।