सुनसरी / सुनसरी निर्वाचन क्षेत्र ४ को मतगणना शनिबारदेखि नै स्थगित भएकाले आजबाट मतगणना सुरु गर्न सहमति भएको छ । निर्वाचन आयोगले निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट उम्मेदवार सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए । तर, आयोगले पुनः मतगणना नहुने भएकाले अहिलेसम्म गणना भएको र बाँकी मत गणना गर्न निर्देशन दिएको छ ।
अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा नेकपा एमालेका जगदीशप्रसाद कुसियतभन्दा कार्कीले ९८ मतले अगाडि छन् ।