Monday, May 19, 2025
समाजसुकुम्बासी हाम्रा शत्रु होइनन्, डोजर लगाएर सत्ताको उन्माद देखाइयो: केपी ओली
spot_img

सुकुम्बासी हाम्रा शत्रु होइनन्, डोजर लगाएर सत्ताको उन्माद देखाइयो: केपी ओली

spot_img

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंकी थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र संघीय सरकारप्रति आक्रोश व्यक्त गर्दे ओलीले यस्तो बताएका हुन्।

मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो।’

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा एकीकृत बागमती सभ्यता विकास समितिले महानगरको समन्वयमा डोजर चलाएको थियो। 

सुकुम्बासीका समस्या समाधान गर्न गठन गरिएको आयोग विघटन गर्दै सरकारले उनीहरूको समस्या समाधानमा गैरजिम्मेवारपन देखाएको ओलीको भनाइ थियो।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img