Thursday, May 22, 2025
निर्वाचनसुनसरी ४ मा जगदीशप्रसाद कुसियतलाई पछि पार्दै ज्ञानेन्द्रबहादुर कार्की विजयी
spot_img

सुनसरी ४ मा जगदीशप्रसाद कुसियतलाई पछि पार्दै ज्ञानेन्द्रबहादुर कार्की विजयी

spot_img

सुनसरी / सुनसरीको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्यमा सञ्चारमन्त्री समेत रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

१ सय १२ मतको मतान्तरको फरकले कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदीशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।

०७४ को निर्वाचनमा तत्कालीन अर्थमन्त्री रहँदा कार्की यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले त्यसबेला नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।

एमालेका कुसियत भने यसअघि प्रदेशसभा सदस्य थिए । उनी शेरधन राई मुख्यमन्त्री रहँदा प्रदेश १ को वन तथा पर्यटनमन्त्री थिए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img