मनोरञ्जनप्रेमदेखि विवाहसम्म, कसरी बने नीता र हरिहर उदाहरणीय जोडी ?

प्रेमदेखि विवाहसम्म, कसरी बने नीता र हरिहर उदाहरणीय जोडी ?

नायिका नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारीको प्रेमको खबर जतिबेलादेखि मिडियामा सार्वजनिक हुन थाल्यो, धेरै दर्शकले उनीहरुप्रति चासो पनि देखाउन थाले । विशेषगरि, केही बर्ष अगाडि विरगञ्जमा आयोजना भएको चलचित्र महोत्सवपछि नीता र हरिहर नजिक भएका थिए । उनीहरुको निकतटा बिस्तारै प्रेममा परिणत भयो र शुक्रबार उनीहरुले बिहे पनि गरे ।

नेपाली फिल्मका कलाकारहरुको प्रेम बिहेमा परिणत हुन निक्कै गाह्रो भएको पाइन्छ । प्रेमको चर्चा हुँदाहुँदै उनीहरु कि त अलग हुन्छन् कि त अरु कोहीसँग बिहे गर्छन् । यसैले, नीता र हरिहरले कुनै पनि दिन सार्वजनिक रुपमा प्रेम रहेको बताएनन् ।

बरु, उनीहरुले आफूहरुको सहकार्यलाई म्यूजिक भिडियो हुँदै फिल्ममा परिणत गरे । निक्कै सुझवुझ तरिकाले नीता र हरिहरले प्रेमलाई बिहेमा परिणत गरेका छन् ।प्रेमको हल्ला गर्दा यति भविष्यमा बिहे भएन भने त्यसको असर दुबैको जीवनमा पर्ने निश्चित थियो । यही कुरा वुझेका दुइले, बिहेको दिन पक्का नभएसम्म प्रेम छ भनेनन् । बरु, दुबै जना मिलेर फिल्म बनाउने तयारी गरे ।

उनै, उदाहरणीय जोडीले शुक्रबार अग्नी र आफन्तलाई साक्षी राखेर बिहे गरेको छ । बिहेमा सिमित फिल्मीकर्मी र उनीहरुको आफन्त र परिवार उपस्थित थिए ।

सामाजिक संजाललाई हेर्ने हो भने, उनीहरुले बिहेमा नेपाली संस्कारलाई नअगालेको भन्दै आलोचना भैरहेको छ । हल्दी लगाएर तस्वीर सार्वजनिक गरेपछि हरिहर आलोचित भए । किनकी, नेपाली समाजमा हल्दी सेरेमोनी प्रचलित छैन ।

खैर, जे जस्तो भएपनि हरिहर र नीताको प्रेम सफल तरिकाले बिहेमा अवतरण भएको छ । अब, नयाँ जीवनको उडान अझै सुखद तरिकाले उनीहरुले अगाडि बढाउन आवश्यक छ । यसले, उनीहरु पर्दामा जस्तै सामाजिक रुपमा भने रोल मोडल बन्नेछन् ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका