मनोरञ्जननीता ढुंगानाले हरिहरसँग बिहे गरेपछि पूर्वप्रेमी आमेशसँगको टिकटक एकाएक भाइरल

नीता ढुंगानाले हरिहरसँग बिहे गरेपछि पूर्वप्रेमी आमेशसँगको टिकटक एकाएक भाइरल

काठमाडौं: यतिवेला नायिका नीता ढुंगानाको बिहेका भिडियो फुटेजहरुले टिकटक भरिएका छन् ।य हि टिकटकमा भाइरल बनेका छन् उनका पूर्वप्रेमी आमेश भण्डारी । उनका भिडियोहरुलाई अनेक किसिमले सम्पादन गरेर ट्रोल गर्ने काम भइरहेको छ ।

नीताको बिहे भएकै दिन आमेशले सपनीमा आयौ तिमी विपनीमा गयौ, माया लाग्छ तिम्रो अझै निष्ठूरी किन भयौ‘भन्ने गीतमा टिकटक बनाएपछि ट्रोलरलाई मसला बन्न पुगेको छ ।

यही भिडियोपछि आमेशको ट्रोल सुरु भएको हो । नीतालाई नै ‘डेडिकेट’ गर्दै आमेशले यो भिडियो हालेको धेरैले अनुमान गरेका छन् ।यसो त नीताको बिहेपछि आमेश स्वयम पनि टिकटकमा बढी सकृय देखिएका छन् ।

आमेशको पुरानो भिडियोहरुलाई नीताको बिहेको भिडियोहरुमा जोडेर रमाइला–रमाइला टिकटकहरु आइरहेका छन् । आमेश स्वयम् नीताको बिहेपछि टिकटकमा सक्रिय देखिएका छन् ।

हरिहरभन्दा अघि नीता चार वर्ष आमेशसँग रिलेसनसीप थिइन् । तर, उनीहरुको सम्बन्ध दिगो रहन सकेन । गायन क्षेत्रमा सक्रिय आमेशले नीतासँग प्रेममा परेपछि चलचित्रमा पनि इन्ट्री गरेका थिए ।

दिनेश डिसीले निर्देशन गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ मा नीता र आमेशले अनस्क्रिन जोडीको रुपमा अभिनय गरेका थिए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका