मनोरञ्जनसुर्दशन थापाले "कानको जाली फुट्ला है भाई बिचार गरेर लेखेस्" भन्दै पत्रकारलाई...

सुर्दशन थापाले “कानको जाली फुट्ला है भाई बिचार गरेर लेखेस्” भन्दै पत्रकारलाई दिए धम्की (अडियो सहित)

काठमाडौं । चलचित्रको व्यापारबारे गलत रिपोर्टिङ गरेको भन्दै सुदर्शन थापाले एक पत्रकारलाई कानको जाली फुटाउने धम्की दिएका छन् ।

एक अनलाइनमा प्रकाशित समाचारलाई लिएर उनले पत्रकार सुजन श्रेष्ठलाई फोन गरेर निर्देशन सुदर्शन थापाले यस्तो धम्की दिएका हुन् । चलचित्रको व्यापारका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको आरोप थापाको छ ।

थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको भन्दै अनलाइनमा एउटा तस्बिरसहित समाचार प्रकाशित भएपछि आपत्ती जनाउँदै थापाले आफ्नी श्रीमतीको मोबाइलबाट फोन गरेर गाली गलौज गरेको बताइएको छ।

यता पत्रकार श्रेष्ठले भने आफू स्वयम् हलमा गएर देखेको दृष्यअनुसार समाचार बनाएको बताएका छन् ।सुजनले ‘टिकट फ्रि हुँदा पनि हल सुनसान’ भन्ने शीर्षकमा समाचार लेखेका थिए ।

यो समाचारपछि सोमबार साँझ ४ बजेतिर सुदर्शन थापाले आफूलाई फोन गरेर धम्क्याएको सुजनको आरोप छ । अहिले देशभर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ देशभर प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका