Sunday, March 16, 2025
मनोरञ्जनएलिनाको गीतमा झुम्यो हेटौँडा

एलिनाको गीतमा झुम्यो हेटौँडा

हेटौँडा | हेटौँडा–१० स्थित टिसीएन चौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा शनिबार दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेष गरी चर्चित गायिका एलिना चौहानको सांगीतिक प्रस्तुति दर्शकहरूका लागि प्रमुख आकर्षण रह्यो।

शनिबार विदाको दिन परेकाले महोत्सवस्थलमा ठूलो भीड देखिएको थियो। उद्घोषकले एलिनाको नाम लिँदै गर्दा नै दर्शकदीर्घामा उत्साहजनक माहोल सिर्जना भएको थियो। मञ्चमा उपस्थित भएपछि उनले ‘कट्टा हान्दिन्छ’, ‘धोकेबाज हौ तिमी’, ‘मिनरल वाटर’, ‘दुश्मन हेरेको हेरै’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गरिन्, जसमा दर्शकहरूले उत्साहपूर्वक साथ दिए।

एलिनासँगै गायक कमल खत्री, विशाल खल्तान, जादुगर राजेन्द्र गुन्द्रुके, तथा होचा व्यक्ति मनोज गोर्खालीलगायतका कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए।

महोत्सव प्रचारप्रसार समितिका संयोजक एवं निर्माण व्यवसायी संघ मकवानपुरका उपमहासचिव सुरज बर्तौलाका अनुसार महोत्सवको सांगीतिक कार्यक्रम अन्तर्गत आइतबार, फागुन ११ गते, पशुपति शर्मा, शान्ति रानी परियार, मंजु पौडेल, टीका प्रसाईलगायतका कलाकारहरूको प्रस्तुति रहनेछ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img