इटहरी / नेपालीको मौलिक कला र संस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरूको आफ्नो छुट्टै विशेषता रहेको छ । पछिल्लो समयमा राजेश न्यौपाने अफिसियल युटुब च्यानलमार्फत “श्रद्धाञ्जली”बोलको गित सार्वजनिक भएको हो ।
गायक सुरेश रमन अधिकारी र प्रतिमा विश्वकर्माले एकैसाथ गाएको “श्रद्धाञ्जली´´ बोलको गित बजारमा सार्वजनिक भएको छ । शब्द र संंगित राजेश न्यौपानेले लेखेको गीत गितलाई एरेन्ज विनोद पराजुलीले गरेका छन् ।
गितको भिडियोमा अभिनयका रुपमा सारिका केसी र बिनोद भण्डारीलाई देख्न सकिन्छ । गितको भिडियोलाई प्रविन घिमिरेले खिचेका हुन भने अमृत चापागाईंले सम्पादन गरेका छन ।